मेरो ३ रङ्ग

by - January 16, 2022


यी तीन भित्रै म छु, म भित्रै यी तीन छ

जीवनमा ७ रङ्ग हुन्छन रे 
म अपबाद मनुवा परे
म सङ्ग यी ३ रङ्ग छ 
जो मेरो लागि 
सातै रङ्ग हुन ।

म उति धेरै रङ्गिन छैन
जति यो सन्सार छ ।
म उति धेरै बिरङ्गी नि छैन
जति पराईले देख्दछ ।

रङ्ग सङ्ग रङ्ग मिसाउदै
म नयाँ रङ्ग भेटिरहेछु
कति पुराना रङ्गहरु
नचाहेर नि मेटिरहेछु

मेट्नु र नयाँ भेट्नुलाई
सन्सारको रित मान्दछन
सङ्गसङ्गै यात्रा गर्नुलाई
जीवन बाच्नु भन्दारछन

म यी तीन रङ्ग सङ्ग
जीवन काट्दैछु
दु:ख सुख सबै सबै
यीनिहरु सङ्गै साट्दैछु । 









You May Also Like

0 comments